६ जेष्ठ २०८१, आइतबार

राष्ट्रपति रामचन्द्र पौडेलले गरे पाटनको कृष्ण मन्दिरको दर्शन


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाटनको कृष्ण मन्दिरको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले आज शुक्रबार बिहान पाटनको कृष्ण मन्दिरको दर्शन गरेका हुन् ।

साथै उनले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको अवलोकन गरे । सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।

साथै पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रको जानकारी गराएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !