१० मंसिर २०८१, सोमबार

कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा


डा. सुनिल शर्मा

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसद डा. सुनील शर्माले संसद् सुरु हुनासाथ आफ्ना धारणा राख्दै त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको प्रकरणमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले नैतिक अधिकार गुमाइसकेको भन्दै राजीनामा माग गरेका हुन् ।

“मुख्य नाइके अनुसन्धानको प्रक्रियामा सहज बनाइदिन अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ,” उनले भने, “दुई जना मन्त्रीले हामीलाई थाहा छैन भन्न पाउनुहुन्न ।”

उनले भने, ‘कि मुख्य नाइके पक्रिनुपर्यो, होइन भने मुख्य नाइके पत्ता नलागेसम्म प्रजातान्त्रिक व्यवस्थालाई स्वीकार गर्नुपर्छ ।’ उनले प्रधानमन्त्रीको आगमन भएपछि संसदभित्र आमरण अनसन बस्ने चेतावनीसमेत दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !