८ मंसिर २०८१, शनिबार

सुन तस्करी प्रकरणबारे जवाफ माग्दै रास्वपाद्वारा संसद्‍मा प्रस्ताव दर्ता


संसद् सचिवालय

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुन तस्करी प्रकरणलाई लिएर संघीय संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

रास्वपाका १६ जना सांसद प्रस्तावक रहेको उक्त प्रस्तावमा अध्यक्ष रवि लामिछानेसहितका ४ जना सांदसहरूको समर्थन रहेको छ । रास्वपाले आज बुधबार दिउँसो संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।

उक्त प्रस्तावमा रास्वपा सभापति रवि लामिछानेले पनि हस्ताक्षर गरेका छन् । रास्वपाको प्रस्तावमा सुनकाण्डलाई लिएर सरकार जवाफदेही हुनुपर्ने र संसद्‍लाई चित्तबुझ्दो जवाफ दिनुपर्ने माग पनि गरिएको छ ।

रास्वपाले सुन तस्करी प्रकरणले राष्ट्रिय सुरक्षा, सक्षम, स्वच्छ, पारदर्शी, भ्रष्टाचारमुक्त र जनउत्तरदायी सार्वजनिक प्रशासनको अवधारणामा प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताएको छ । रास्वपाले यो प्रकरणमा सरकारलाई जिम्मेवारी बनोस् भन्ने दबाबका लागि यो प्रस्ताव दर्ता गराएको बताएको छ ।

यस्तो छ रास्वपाले संसद्‍मा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव

रास्वपाले संसद्‍मा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावरास्वपाले संसद्‍मा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !