२२ बैशाख २०८१, शनिबार

सहमति भएअनुसार मन्त्रालय नपाएसम्म नाउपा सुदुरपश्चिम सरकारमा सहभागी नहुने


रञ्जिता श्रेष्ठ चौधरी

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठबन्धनसंग सहमति भए बमोजिम मन्त्रालयको बाँडफाँड नभएसम्म सुदुरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।

उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आज मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्रचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमतिअनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराएकी छिन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि पुगेका रामेश्वर चौधरी र राज्यमन्त्रीको शपथको लागि पुगेका कैलाश चौधरीलाई फिर्ता बोलाएको हो । नाउपाले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा रहेका आफ्ना प्रदेशसभा सदस्यलाई एकाएक फिर्ता बोलाउने निर्णय गरेको हो ।

पार्टी भित्रको विवादपछि हाललाई शपथ ग्रहणको कार्यक्रम रोकिएको छ भने सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद् विस्तारको कार्य तत्कालको लागि स्थगित भएर अन्योलको अवस्था सिर्जना भएको हो ।

नागरिक उन्मुक्ति पार्टी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु