१२ आश्विन २०८१, शनिबार

सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित भएको हो । अब काँग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने भएको छ ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने बताइएको थियो । कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि आज बस्न लागेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !