८ असार २०८१, शनिबार

ओली भन्छन् – प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्छ


प्रधानमन्त्री ओली संसद भवन फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा आएपछि मात्रै सहमति जुट्ने ओलीको अडान लिएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डका कारण संसद् चल्न नसकेको आरोप समेत लगाएका छन् । उनले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द भएको जिकिर गरेका छन् ।

ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे । उनले प्रधानमन्त्रीको जेठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ति रहेको पनि बताए ।

आफूहरुमाथि प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रले लगाएको आरोप फिर्ता लिनुपर्ने बताएका छन् । यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष दलको बैठक बसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !