६ असार २०८१, बिहिबार

एमालेको हिजो अवरोधपछि स्थगित राष्ट्रियसभाको बैठक आज बस्दै


राष्ट्रियसभाको बैठक

काठमाडौँ । संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा राष्ट्रियसभाको बैठक आज दिउँसो १२ः२९ बजेका लागि बोलाइएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो अभिव्यक्तिलाई लिएर हिजो दोस्रो दिन पनि राष्ट्रियसभाको बैठक अबरुद्ध गरेको थियो । अबरुद्ध बैठक आजसम्मका लागि सारिएको थियो ।

सोमबार प्रधानमन्त्री प्रचण्डले सरदर प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै नेकपा एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने अडान राखेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ । आजको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘बिद्युतीय व्यापार विधेयक २०८० सभा समक्ष पेस गर्नेछन् ।

यस्तै आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेट माथि छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु