१२ आश्विन २०८१, शनिबार

आजदेखि कांग्रेस जिल्ला सभापतिको भेला काठमाडौंमा सुरु हुँदै


नेपाली कांग्रेस

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आजदेखि काठमाडौंमा सुरु हुँदै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे भेला सुरु हुने भएको हो ।

आज र भोलि शुक्रबार सञ्चालन हुने भेलामा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका हुन् ।

क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी संचालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !