७ मंसिर २०८१, शुक्रबार

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयक बहुमतले पारित गरेको छ । विधेयकमाथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले प्रस्तुत गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो ।

बैठकमा विधेयकमाथिको छलफल सकिएपछि अर्थमन्त्री डा प्रकाशशरण महतले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार दिउँसो ३ बजेका लागि तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !