
विराटनगर । कोशी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत नपाएका हुन् ।
विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको थियो ।
एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका थिए ।
कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । कोशी प्रदेशमा अव नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।