८ मंसिर २०८१, शनिबार

ललितानिवास प्रकरणमा पक्राउ परेका ३ जना छुटे


सिआइबी

काठमाडौँ । बालुवाटारस्थित सरकारी निवासको जग्गा प्रकरणमा पक्राउ परेका ३ जना छुटेका छन् । ललिता निवास प्रकरणमा अदालतबाट ‘स्टे अर्डर’ लिएका तीन जना कर्मचारी छुटेका हुन् ।

मंगलबार समातिएका ७ जनामध्ये ३ जना कर्मचारीले सर्वोच्च अदालतबाट पक्राउ नगर्न ‘स्टे अर्डर’ लिएको खुलेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेका मध्ये ३ जनाले अदालतबाट पक्राउ नगर्न भनि आदेश लिइसकेको पाइएपछि छाडेको हो ।

‘स्टे-अर्डर’ लिनेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी रहेका छन् । उनीहरुले अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरेका हुन् ।

अदालतले उनीहरुको पक्षमा पहिल्यै पक्राउ नगर्नु नगराउनु भनी आदेश जारी गरिसकेको खुलेको छ । स्टे-अर्डरमा पक्राउ नगर्न आदेश दिइएको हुँदा कागज गराएर छाडिएको हो ।

आज पक्राउ पर्नेहरुमा अन्यमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरू धर्मप्रसाद गौतम र गोपाल कार्की रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !