८ मंसिर २०८१, शनिबार

कांग्रेसद्वारा बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्विप जारी


काँग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वर

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट निणायार्थ बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ । प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरेका हुन् ।

भोलि असार १३ गते बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ । बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !