१६ कार्तिक २०८१, शुक्रबार

बालेनविरुद्ध सर्वोच्चमा दर्ता भएको अवहेलनाको उजुरीको सुनुवाइ हुँदै


बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । गत शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा बालेनविरुद्द अदालतको अवहेलनाको निवेदन दर्ता गरेकी थिइन् ।

झाले दर्ता गरेको सो मुद्दा न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरिविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकोमाथि आजै प्रारम्भिक सुनुवाइ हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !