१२ पुस २०८१, शुक्रबार

झलनाथ खनालको प्रश्न : साढे ८ हजार चर्च कसरी बने ?


झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा साढे ८ हजार चर्च कसरी बने ? भनेर प्रश्न गरेका छन् । नेकपा (एकीकृत समाजवादी) को सम्पर्क विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा समाजवादीका सम्मानित नेता खनालले यस्तो जिज्ञासा राखेका हुन् ।

गाउँगाउँमा चर्चका भवन निर्माण भइरहेकोप्रति जिज्ञासा राख्नै उनले भने, “साढे आठ हजार चर्च कसरी बने ? नेपालमा हिन्दूको लागि कोष छ, बुद्धिष्टको लागि कोष छ तर, क्रिश्चियनका छैन तर पनि संरचना बनेको बन्यै छन् कसरी ?”

आगामी दिनमा संस्कृतिक सङ्कट निम्तिनेतर्फ सचेत हुन आग्रह गर्दै उनले भने, “बितेका तीन/चार वर्षको बीचमा गाउँ–गाउँमा डरलाग्दो ढङ्गले धर्म परिवर्तन र चर्चका भवन बनिरहेका छन्, हाम्रा सामु सांस्कृतिक सङ्कट डरलाग्दो ढङ्गले बढेको छ ।”

उनले कम्युनिष्ट पार्टीहरूबीचको एकता हुनुपर्ने आवश्यकता औँल्याएका छन् । कम्युनिष्ट पार्टीहरू विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक सङ्कट बढ्दै गएको टिप्पणी गर्दै कम्युनिष्टबीचको एकताको आवश्यकता रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !