काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । आफूमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उनी हिजो सर्वोच्च अदालतमा गएका थिए ।
आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । उनले आफ्नो रिट निवेदनमा मुद्दा फिर्ता लिने सरकारको सरकारको निर्णय गैरकानुनी, असंवैधानिक र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन् ।
समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि विसं २०७७ असोज २० गते नेविसङ्घका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण गरेका थिए । ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका हरि आचार्य, योगेन्द्र रावल लगायतको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको थियो ।