२४ बैशाख २०८१, सोमबार

प्रशिक्षण विभाग प्रमुख बनेर पूर्वबैंकर अनिल शाह रास्वपा प्रवेश


अनिल शाह रास्वपा प्रवेश

काठमाडौं । सेलिब्रेटी पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् ।

उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । शाहलाई रास्वपा प्रशिक्षण विभाग प्रमुखकाे जिम्मेवारी दिइएकाे छ । रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

लामो समयदेखि वैकल्पिक राजनीतिको पक्षमा बहस गर्दै आएका उनी अन्ततः रास्वपाको पहिलो बार्षिकोत्सवको दिन नै पारेर पार्टी प्रवेश गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !