१२ असार २०८१, बुधबार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

राष्ट्रपति पौडेललाई शनिबार बिहान ३ बजे स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको उक्त सेन्टरमा भर्ना गरी उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

मुटुको चाल कम भएपछि उक्त सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएकोले उनलाई सेन्टरमा भर्ना गरेर ‘अब्जर्भेसन’ मा राखिएको छ ।

हृदयाघात भएर सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भर्ना भएका उनी गत बुधबार मात्र ‘डिस्चार्ज’ भएका थिए । उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएपछि मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

यो पनि पढ्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !