२१ बैशाख २०८१, शुक्रबार

वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, बैरागीको राजीनामा स्वीकृत


वैकुण्ठ अर्याल

काठमाडौं । सरकारले मुख्य सचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।

अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । डा. अर्यालले यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतमा सचिव भएर काम गरिसकेका छन् ।

यसअघि शंकरदास बैरागी मुख्य सचिव थिए । सरकारले मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई नयाँ जिम्मेवारी समेत प्रदान गरेको छ ।

उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको ती मन्त्रीले जानकारी दिए । आज बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !