९ असार २०८१, आइतबार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग भोलि सांसदहरूको सवाल जवाफ हुने


हरिकृष्ण कार्की

काठमाडौं । संसदीय सुनुवाइ समितिको आजको बैठक सकिएको छ । आज बिहीबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो कार्ययोजना पेस गरेका छन् ।

आजको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका छन् । आज कार्कीले समितिमा आफ्नो कार्ययोजना पेस गरेपछि बैठक भोलि शुक्रबार बिहान ८ बजे बस्नेगरी सकिएको हो ।

भोलि शुक्रबार बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग समितिका सदस्यहरूले सवाल जवाफ गर्ने भएका छन् । कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्ययोजनाबारे सवालजवाफ भएपछि कार्कीको नाम समितिले अनुमोदन गर्ने तयारी गरिएको छ ।

गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ ।

समितिले जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गरेको थियो । ६५ वर्षे उमेर हदका कारण कार्कीले साउन २० देखि अनिवार्य अवकाश पाउँदै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !