९ असार २०८१, आइतबार

प्रस्तावित प्रधानन्यायाधीशमाथि परेका उजुरीबारे संसदीय सुनुवाइ समितिमा छलफल हुँदै


हरिकृष्ण कार्की फाइल फोटो

काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको छ । प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीको बारेमा छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बोलाइएको हो ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीउपर प्राप्त उजुरी खोली वितरण गर्ने, अध्ययन गर्ने, प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय गर्ने बारेमा छलफल हुने बताइएको छ ।

कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ । कार्कीविरुद्ध एक जना बहालवाला न्यायाधीशको उजुरी परेको छ भने ७ जना अधिवक्ता, ३ जना अधिकारकर्मी लगायतले उजुरी गरेका छन् ।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईका साथै अधिवक्ताहरू अमृत खरेल, यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठ, अभियन्ता रतन भण्डारीसहितका व्यक्तिहरूले कार्की प्रधानन्यायाधीश लागि योग्य नभएको दाबी गर्दै उजुरी गरेका छन् ।

वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । उनीबिरुद्ध परेका उजुरीमाथिको अध्ययन र छलफल भएपछि यहि साता कार्कीलाई समितिमा बाेलाउने तयारी गरिएको छ ।

उजुरीमाथि छानबिन र त्यसउपर कार्कीको जवाफको प्रक्रिया बाँकी नै रहेकाले उनलाई नियुक्ति गर्न अझै केही दिन लाग्नेछ । ६५ वर्षे उमेर हदका कारण कार्कीले साउन २० देखि अनिवार्य अवकाश पाउँदै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !