![डा. प्रकाशशरण महत](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/06/Dr.-Prakashsharan-Mahat-in-Samsad346-1.jpg?fit=1024%2C567&ssl=1)
काठमाडौँ । प्रतिनिधिसभाको बैठक जारी रहेको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची छ । अर्थमन्त्री डा महतले आजै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० संसद्मा प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै, विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने समेत आजको कार्यसूचीमा राखिएको छ ।