![जसपा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/01/Jasapa-Meeting214.jpg?fit=1000%2C600&ssl=1)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपा नेपालले जेष्ठ २७ गते शनिबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिबार दिनको एक बजे पार्टी कार्यालयमा बैठक बस्ने भएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।