७ जेष्ठ २०८१, सोमबार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै : बजेटमाथिको छलफल जारी रहने


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ । बजेटमाथिको छलफलमा सांसदहरूले आ-आफ्नो धारणा राख्नेक्रम जारी रहेको छ ।

सत्ता पक्षका सांसदहरुले बजेटको बचाउ गर्दै आएका छन् भने विपक्षी सांसदहरुले भने बजेटको आलोचना गर्दै आएका छन् । अधिकांश सांसदहरुले बजेटको कार्यान्वयन अघिल्लो र चालु वर्षको भन्दा प्रभावकारी ढंगले हुनुपर्ने बताउदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !