२४ बैशाख २०८१, सोमबार

बाबुराम नेतृत्वको नेसपाको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै


बाबुराम भट्टराई र महेन्द्रराय यादव

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । नेसपाको केन्द्रीय समितिको बैठक भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।

आज जेठ २५ गतेदेखि भोलि २६ गतेसम्म २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्नेछ ।

बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । साथै बैठकमा पेश हुने सांगठनिक प्रस्तावमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् । बैठकमा पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !