१३ आश्विन २०८१, आइतबार

सुकुम्वासीलाई लालपूर्जा दिने देशव्यापी अभियानमा भूमिमन्त्री चौधरी


रञ्जिता श्रेष्ठ चौधरी

इलाम । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी सुकुम्वासीलाई लालपूर्जा दिने देशव्यापी अभियानमा लागेकी छन् । मन्त्री चौधरीले इलामको चुलाचुली गाउँपालीकामा रहेका सुकुम्वासीहरुलाई जग्गाधनी लालपूर्जा प्रदान गरेकी छन् ।

उनले २५ सुकुम्वासी परिवारलाई बुधबार लालपूर्जा प्रदान गरेकी हुन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति इलामको समन्वयमा लालपूर्जा वितरण गरिएको हो ।

लालपूर्जा वितरण गर्दै मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले देशभरका सुकुम्वासीलाई वसोवासको ग्यारेण्टि गर्दै भूमिको स्वामित्व प्रदान गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताइन् । सिमान्तकृत, गरिब, पिछडिएका, भूमिहीन समूदायको उत्थान नै आफ्नो दायित्व भएकाले यसलाई अभियानका रुपमा आफुले काम गरिरहेको उनको भनाई छ ।

आफ्नो पार्टी नागरिक उन्मुक्तिको लक्ष्य समेत समस्याबाट ग्रसित अवस्थामै जीवनयापन गरिरहेका जनताको उत्थानमा प्रभावकारी भूमिका रहेको भन्दै उनले जनताको माग मुद्दा सम्बोधनमा कहिले पछि नहट्ने प्रतिबद्धता समेत जनाइन् । इमानमा मात्रै नभई झापामा रहेका सुकुम्वासीहरुलाई समेत जग्गाधनी लालपूर्जा वितरण गरिँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !