४ जेष्ठ २०८१, शुक्रबार

भारत जानुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर गराए भ्रमणको जानकारी


रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । भारतको चारदिने औपचारिक भ्रमणमा जानुअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेर पौडेललाई भेटेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई आजदेखि आफूलाई गर्ने लागेको भारत भ्रमणबारे जानकारी गराएका छन् । कुनै पनि देशको भ्रमणमा जानुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भ्रमणको बारेमा जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !