४ असार २०८१, मंगलबार

संघीय संसदका दुवै सदनको संयुक्त बैठक आज बस्दै


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा आज बिहान ११ बजे दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने भएको हो ।

आज बस्ने संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौला प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । सो नियमावली पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै आजै दिउँसो १ बजे संसदको नियमित बैठक पनि बस्दैछ । सो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले “आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण” पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु