५ जेष्ठ २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले जवाफ दिने


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ आज दिँदैछन् । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेकोमा हिजो शुक्रबार भने एमालेले संसद अवरोध गरेको थियो ।

हिजो बसेको सुरुको बैठकमा एमालेका सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथको जलहरीमा सुनको सट्टा पित्तल लगाइएको र भ्रष्टाचार भएको भनी हो नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसबारे सरकारको स्पष्ट जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताएपछि संसद अवरोध भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !