१३ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डले आज नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ आज दिँदैछन् । प्रधानमन्त्री प्रचण्डले आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ आज दिन लागेका हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज छलफल जारी रहने छ ।

यस्तै आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । त्यस्तै प्रधानमन्त्रीले जवाफ दिएपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने रहेको छ ।

राष्ट्रियसभामा भने नीति तथा कार्यक्रममाथिको छलफल सकिनुका साथै प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ पनि दिइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !