१९ बैशाख २०८१, बुधबार

रवि लामिछानेविरुद्ध सर्वोच्चमा अर्को मुद्दा दर्ता, जेठ १७ गते सुनुवाइ हुने


रवि लामिछाने र सर्वोच्च अदालत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सर्वोच्चमा दर्ता भएको उक्त मुद्दाको सुनुवाइ आगामी जेठ १७ गतेको मिति तोकिएको छ ।

लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हालेको रिट सर्वोच्च अदालतले आज दर्ता गरेको हो । लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै युवराजले मुद्दा दायर गरेका हुन् ।

रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गरिएको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको उक्त रिटलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजालसले दर्ता गर्न आदेश दिएको हो ।

लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ गते नागरिकताको प्रतिलिपि लिएको रिट निवेदनमा जिकिर गरिएको छ । सोही प्रतिलिपिका आधारमा लामिछाने चितवन क्षेत्र नम्वर २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको जिकिर गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !