४ असार २०८१, मंगलबार

मन्त्रिपरिषद्को बैठक आज बिहान बस्दै


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय स्रोत जानकारी दिएको हो ।

आज बस्ने मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने छ । हिजो मंगलबार प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

यद्यपि नवनियुक्त मन्त्रीहरू आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुने छैनन् । हिजो जसपाबाट वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री र प्रमिला कुमारी शिक्षा राज्यमन्त्री मंगलबार नियुक्त भएका थिए ।

उनीहरुको आजै साढे ९ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिँदैछन् । हिजो पनि मन्त्रिपरिषद्को बैठक बसेर विभिन्न निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु