३ असार २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरण : सबै १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति


बालकृष्ण खाँण र टोपबहादुर रायमाझी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । आज आइतबार जिल्ला अदालत काठमाडौँले १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने नाम भएको ठगी प्रकरणमा पक्राउ परेका १६ जना अव जेठ १० गतेसम्म प्रहरी हिरासतमै बस्नु पर्ने भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुलाई थप ५ दिन हिरासतमा राख्ने अनुमति अदालतसँग मागेपनि ३ दिन हिरासत राख्ने अनुमति दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !