काठमाडौँ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियालाई पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्नता देखिएकोले उनलाई प्रहरीले पक्राउ गरेको हो ।
गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् । भुटानी शरणार्थी प्रकरणमा समितिको गाडी प्रयोग भएको खुलासा भएपछु उनी पक्राउ परेका हुन् ।
शरणार्थीको नाममा ठग्ने गिराेहलाई गृह मन्त्रालयको गाडी अध्यक्ष मियाले उपलब्ध गराएका थिए । गृह मन्त्रालयको स्वामित्वमा भएको बि.ए.बी–१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ । प्रहरीले अनुसन्धान थालेपछि मियाँ सम्पर्कविहीन भएका थिए ।