२२ भाद्र २०८१, शनिबार

कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण


आङटावा शेर्पा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि पूर्वसभासद शेर्पा टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

उक्त प्रकरणमा पक्राउ परेकाहरुले वयानका क्रममा संलग्नता रहेको बताएपछि पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।

शेर्पा २०७० सालको संविधानसभा निर्वाचनमा रामेछाप-१ बाट सांसदमा निर्वाचित भएका थिए । शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् । सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए ।

शेर्पाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका थिए । भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताएका छन् ।

दुलाल र भण्डारी २०७९ चैत १२ गतेदेखि हिरासतमा छन् । शेर्पालाई प्रहरीले खोजी गरिरहेको थियो । सोही क्रममा शनिवार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो ।

यो पनि पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !