३ असार २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी


आङटावा शेर्पा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उक्त प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद समेत रहेका शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

शेर्पा २०७० सालको संविधानसभा निर्वाचनमा रामेछाप-१ बाट सांसदमा निर्वाचित भएका थिए । शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् । सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए ।

शेर्पाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका थिए । भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताएका छन् ।

दुलाल र भण्डारी २०७९ चैत १२ गतेदेखि हिरासतमा छन् । शेर्पालाई प्रहरीले खोजी गरी रहेको छ । सोही क्रममा शनिवार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !