१३ बैशाख २०८१, बिहिबार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको हो ।

संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने लगायतका विषयमा छलफल भएको तिमिल्सिनाको सचिवालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते संघीय संसद्‍मा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरेका छन् ।

सरकारले नीति तथा कार्यक्रम पेस गरेपछि जेठ १५ गते बजेट सार्वजनिक गर्नु पर्ने संवैधानिक प्रावधान रहेकोले सोही विषयमा छलफल गर्न अध्यक्ष तिमिल्सिना बालुवाटार पुगेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !