३ असार २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाइयोस् : प्रकाशमान सिंह


प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाइयोस् भनेर माग गरेका छन् ।

आज बिहान सामाजिक संजाल फेसबुकमा लेख्दै नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्न घटनाले राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएकोले छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहुने बताएका हुन् ।

उनले कानुनको सर्वमान्य सिद्धान्तअनुसार दोषीहरू नछुटुन्, निर्दाेषहरु नपरून् भन्ने भएकोले कानुनको नजरमा सबै समान हुने र दोषीले उन्मुक्ति पाउनु नहुने भन्दै निर्दाेष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निर्क्योल निस्किनु पर्ने बताएका छन् ।

उनले प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाउनु पर्ने भन्दै यसलाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न र यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्नुपर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !