७ मंसिर २०८१, शुक्रबार

बालुवाटारमा लामिछानेलाई बोलाएर प्रचण्डले गरे सरकारमा आउन आग्रह


प्रचण्ड र रवि लामिछाने फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबीच भेटवार्ता भएको हो ।

बालुवाटारमा लामिछानेलाई बोलाएर प्रचण्डले सकभर आफ्नो नेतृत्वको सरकारमा आउन आग्रह गरेका छन् । सो अवसरमा प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा लामिछानेको पार्टीको सहयोगको अपेक्षा गरेका हुन् ।

यसमा सभापति लामिछानेले आफू सरकारमा नभए पनि प्रधानमन्त्रीले चालेको यो सही कदममा साथ दिने बताएका थिए । भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै लामिछानलेले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने जानकारी गराएका थिए ।

विभिन्न कारणले पार्टी सरकारमा सहभागी हुन नसकेपछि सरकारको राम्रो कामलाई पार्टीले सहयोग गर्ने रविको भनाइ थियो । रास्वपाले केही समयअघि सरकारलाई समर्थन फिर्ता लिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !