५ जेष्ठ २०८१, शनिबार

खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै


काँग्रेस पदाधिकारी बैठक

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक आज बस्दै छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे कांग्रेसको पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बस्ने भएको हो ।

काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न कांग्रेसको पूर्वपदाधिकारीसहितको पदाधिकारीको बैठक बस्न लागेको हो ।

हिजो बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले आजका लागि पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बोलाएको हो । हिजो बुधबार बसेको कांग्रेस पदाधिकारीको बैठकमा पूर्वपदाधिकारीमा प्रकाशमान सिंह मात्र सहभागी थिए ।

आज बैठकमा नक्कली शरणार्थी प्रकरणलगायत विषयमा छलफल हुनेछ । बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !