५ जेष्ठ २०८१, शनिबार

अनुसन्धानले दोषी प्रमाणित गरेका कसैलाई पनि प्रहरीले छोड्दैन : गृहमन्त्री श्रेष्ठ


नारायणकाजी श्रेष्ठ यातायात कार्यालय अनुगमन फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले दोषी प्रमाणित गरेका कसैलाई पनि प्रहरीले नछोड्ने बताएका छन् ।

आज बुधबार सिंहदरबारमा शीर्ष नेताको बैठकमा भाग लिएर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानबाट दोषी देखिएकाहरुलाई प्रहरी प्रशासनले नछोड्ने स्पष्ट पारेका हुन् ।

श्रेष्ठले उक्त प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन प्रहरी प्रशासन लागिपरेकोले कोही पनि निर्दोष नफस्ने र दोषी नउम्कने दृढता व्यक्त गरे ।

मन्त्री श्रेष्ठले सो प्रकरणमा मुछिएकाहरुलाई जोगाउन कसैले पनि आफूमाथि दबाब नदिएको बताए । उनले उनले सुशासनको अभाव र भ्रष्टाचारले समृद्धि प्राप्त हुन नदिने भन्दै त्यसका लागि सरकारले काम गरिरहेको बताए ।

श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा त्यही काम सरकारले सुरुआत गरेको बताए । उनले शीर्ष नेताहरुको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा छलफल पनि नभएको बताए ।

केही दिनअघि पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वी क्षेत्रमा गएका बेला भएको आक्रमणको सन्दर्भमा दुःख प्रकट गर्न फोन गरेको र सो क्रममा काठमाडौँ आएपछि भेट्ने प्रतिबद्धता जनाएकोले ओलीलाई भेट्न उनकै निवास बालकोट गएको दावी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !