१७ पुस २०८१, बुधबार

पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो


बालकृष्ण खाण

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट केही समयअघि उनलाई म्याद थपका लागि अदालत लगिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि खाणलाई आज बिहान जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको थियो । उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर लगिएको थियो ।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । रायमाझीलाई आजै बुधबार दिउँसो पार्टीले सचीव पदबाट निलम्बन समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

पूर्वगृहमन्त्री खाणलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइयो

पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव केसीसहित पक्राउ पर्नेको संख्या १२ पुग्यो

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !