७ जेष्ठ २०८१, सोमबार

प्रतिनिधिसभाको बैठकमा आज पनि प्रि–बजेटमाथि छलफल हुँदै


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा आज पनि प्रि–बजेटमाथि छलफल हुँदै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

संसद् सचिवालयका अनुसार ११ बजेदेखि बेलुका ५ बजेसम्म बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल हुने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि हिजो सोमबारदेखि प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु भएको हो ।

२७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम रहेको सचिवालयले छ । प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !