७ मंसिर २०८१, शुक्रबार

संघीय संसद्‌का नवनियुक्त सचिवहरूको शपथ आज हुँदै


पद्मप्रसाद पाण्डेय र डा. सुरेन्द्र अर्याल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त सचिवहरूको सपथ आज हुँदै छ । संघीय संसद्‌का नवनियुक्त सचिवहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।

प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका पदमप्रसाद पाण्डेय र राष्ट्रियसभाको सचिवमा नियुक्त भएका डा. सुरेन्द्र अर्यालले आज शपथ लिने भएका हुन् ।

संघीय संसद् सचिवालय, सिंहदरबारमा उनीहरूले आज बिहान १०ः १५ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् । राष्ट्रपति कार्यालयले गत बिहीबार दुवै सदनका लागि सचिव नियुक्त गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !