१० मंसिर २०८१, सोमबार

पक्राउ परेका सचिव पाण्डेलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गरिने


टेकनारायण पाण्डे

काठमाडौँ । पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला अदालत, काठमाडौंले सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई राजधानीको पेप्सिकोलाबाट पक्राउ गरेको थियो । उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई अघि पक्राउ गरेको थियो । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

गृह मन्त्रालयको सचिव भएकै समयमा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । उच्च स्रोतका अनुसार गिरोहसँग रकम लेनदेनमा उनीसमेत मुछिएका हुन् ।

यो पनि पढ्नुहोस्

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !