७ मंसिर २०८१, शुक्रबार

आज बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित


राष्ट्रियसभाको बैठक

काठमाडौँ । राष्ट्रियसभा बैठक सरेको छ । आज अपराह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ ।

आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिस्सिनाले शुक्रबार बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !