१२ आश्विन २०८१, शनिबार

अर्थमन्त्री महतद्वारा तीन जना विज्ञ सल्लाहकार नियुक्त


डा. विश्व पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्ट

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो प्रमुख आर्थिक सल्लाहकारका रुपमा विज्ञहरुको एक समूह बनाएका छन् । अर्थमन्त्री महतले तीन जना विज्ञलाई सल्लाहकार नियुक्त गरेका हुन् ।

अर्थमन्त्री महतले डा. विश्व पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन् ।सरकारले अर्थ मन्त्रालयको सल्लाहकारमा ३ जना नियुक्त गरेको हो ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सल्लाहकारहरूमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पौडेल, अर्थविद् पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई नियुक्त गरेको हो ।

अर्थमा पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिने छन् भने भट्टलाई काजमा अर्थ मन्त्रालय तान्न लागिएको हो । अहिले बजेट निर्माणमा मूख्य भूमिका निर्वाह गर्ने गरी सल्लाहकार समूह बनाइएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !