काठमाडौँ । संवैधानिक परिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।
आज बिहान बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न नसकेको बैठकमा सहभागी परिषद्का सदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताउँदै अर्को बैठकले निर्णय लिने जानकारी दिए ।
आजको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए ।