७ असार २०८१, शुक्रबार

राष्ट्रपति रामचन्द्र पौडेल पुन: अस्वस्थ भएपछि अस्पतालमा भर्ना


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । छातीमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेलमा अक्सिजनको मात्रा कम देखिएको छ । राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखेर उपचार जारी राखिएको छ । राष्ट्रपति पौडेल अव केही दिन अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ ।

स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाहिर लैजाने कुरा भएपनि राष्ट्रपति पौडेलले सो कुरा अस्वीकार गरेको बताइएको छ । केही समयअघिदेखि राष्ट्रपति पौडेलको स्वास्थ्यमा उतारचढाव आइरहेको छ ।

सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !