२८ जेष्ठ २०८१, सोमबार

रविका ड्राइभर छतबाट खसेपछि मुकुलका ड्राइभर नियन्त्रणमा


रवि लामिछानेका ड्राइभर गएराति सुतेको चितवनस्थित घर रवि लामिछानेका ड्राइभर गएराति सुतेको चितवनस्थित घर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन निर्वाचन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेको गाडी चालक (ड्राइभर) घरको तेस्रो तलाबाट खसेर गम्भीर घाइते भएपछि उक्त पार्टीका प्रवक्ता डा. मुकुल ढकालका ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान करिब ४ बजे लामिछानेको चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ को शम्भु भन्ने दिल बहादुर थापा घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको खुट्टामा र टाउको चोट चोट लागेको र उनी गम्भीर घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका चालकसँगै राति छतमा सुतेको बताइएको छ ।

लामिछानेका सवारी चालक थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो । अर्का चालक कालुराम राजवंशीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बोलाएर सोधपुछ गरिरहेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !