१ असार २०८१, शुक्रबार

रास्वपाको अनुशासन समितिमा श्रेष्ठको बयान : अडियोको आवाज आफ्नो नभएको जिकिर


ढाकाकुमार श्रेष्ठ फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठसँग एक घण्टा लामो बयान लिएको छ । रास्वपा अनुशासन समितिले आज मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको सार्वजनिक भएको अडियो प्रकरणबारे एक घण्टा बयान लिएको हो ।

रास्वपाको अनुशासन समितिमा श्रेष्ठले बयान दिंदै सार्वजनिक भएको अडियोमा आफ्नो आवाज नभएको जिकिर गरेका छन् । श्रेष्ठले हिजो साँझ पार्टीलाई स्पष्टीकरण बुझाउँदै अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको दाबी गरेका उनले बयान का क्रममा पनि सोही जिकिर दोहोर्याएका हुन् ।

रास्वपाको अनुशासन समितिले अडियो प्रकरणबारे छानबिन गरेर आजै अबेरसम्म प्रतिवेदन बुझाउने तयारी गरेको छ । रास्वपा सभापति रवि लामिछानेले श्रेष्ठको अडियो प्रकरणमाथि छानबिन गरी प्रतिवेदन दिन समितिलाई ७२ घण्टाको समयसीमा दिएका थिए ।

ढाकाकुमारले आइतबारको अडियो सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरी आफूलाई बचाइदिन अनुरोध गरेको अडियो पनि सार्वजनिक भएको छ । उता उक्त पार्टीका सभापति रवि लामिछानेले भने आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !